स्वतन्त्र विद्यार्थी युनियनमा नेवि संघ अग्रस्थानमा जिताउन अध्यक्ष महरको आव्हान

अध्यक्ष महरको संयोजकत्वमा सात हजार एक सदस्यीय तयरी समिति घोषणा

आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघलाई अग्रस्थानमा जिताउन नेवि संघका अध्यक्ष नैनसिंह महरले आव्हान गरेका छन् । आज चितनको क्षेत्र नम्बर ५ द्वारा आयोजित विशाल आमसभामा सम्बोधन गर्दै अध्यक्ष महरले तीन तहको निर्वाचनभन्दा अगाडि चौथो चुनाव स्ववीयू निर्वाचन भएको बताएका छन् । उनले विश्वभर कम्युनिष्ट भनेको म्याद गुज्रिएको औषधि भएको उपमा दिँदै भने विद्यार्थी, मुलुक र जनताको हितका लागि नेवि संघ नै अगाडि आउनुपर्ने बताए । उनले करिब एक दशकदेखि अवरुद्ध भएको स्ववीयूको निर्वाचनमा नेवि संघलाई जिताउन सबैले आ–आफ्नो तहबाट लाग्नका लागि निर्देशन समेत दिए । आगमी फागुन १४ गतेका लागि तय गरिएको स्ववीयू चुनाव सफलतापूर्वक सम्पन्न गर्न हिजो मात्रै नेवि संघले अध्यक्ष महरको संयोजकत्वमा सात हजार एक सदस्यीय तयरी समिति घोषणा गरेको थियो ।

One thought on “स्वतन्त्र विद्यार्थी युनियनमा नेवि संघ अग्रस्थानमा जिताउन अध्यक्ष महरको आव्हान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *