•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

विश्व वातावरण दिवसमा नेविसंघले गर्‍यो वृक्षरोपण र सफाइ

2079-02-22

काठमाडौँ — विश्व वातावरण दिवसको अवसरमा नेपाल विद्यार्थी संघले देशभर वृक्षरोपण, सरसफाई र जनचेतनामूलक कार्यक्रम गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले देशभर नेविसंघका इकाई समितिहरूले वातावरण दिवसलाई रचनात्मक कार्य गरी मनाएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा विभिन्न क्याम्पस इकाई समितिले अलग–अलग गतिविधि गरेका छन् । शेर्पाले आफू ताप्लेजुङ जिल्ला कार्यसमितिले गरेको कार्यक्रममा सहभागी भएको बताए ।

‘वातावरण सम्पूर्ण प्राणी जगत्‌को घर हो । तर, वातावरणीय ह्रास तथा प्रदूषणले गर्दा प्राकृतिक प्रकोप, जलवायु परिवर्तनलगायत विभिन्न हानीकारक परिणामहरू निम्त्याउँदै गइरहेको छ,’ उनले भने, ‘हामीले वातावरणीय प्रदूषण कम गर्न र जनचेतना फैलाउन देशभर गतिविधि गरेका छौं ।’

उनले नेविसंघले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण, सरसफाई, वैकल्पिक ऊर्जायुक्त साधनहरूको प्रयोग र वातावरण प्रदूषण कम गर्न जनचेतनामूलक कार्यक्रमहरू गर्न अभियान चलाएको बताए ।



Latest News

Happy Women's day

2022-03-08

Campaigns