•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन नेविसंघको माग

2079-03-06

काठमाडौं :   नेपाल  विद्यार्थी संघले पेट्रोलियम पदार्थ मा मध्यरातबाट गरिएकाे  मूल्यवृद्धि घटाउन माग गरेकाे छ । संघका अध्यक्ष  दुजाङ शेर्पाले नेपाल आयल निगमले मूल्यवृद्धिकाे निर्णय सार्वजनिक गरेलगत्तै सरकारकाे ध्यानाकर्षण गराएका हुन् । “ पेट्रोलियम  पदार्थमा भएकाे मूल्यवृद्धिप्रति नेपाल विद्यार्थी संघकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । पेट्राेलमा प्रतिलिटर २१ र मट्टीतेल/ डिजेलमा २७ रूपैयाँ बढाउने आयल निगमकाे निर्णय तत्काल सच्याउँदै जनतालाई महँगीकाे मारमा पर्न नदिन सरकारकाे ध्यानाकर्षण गराउँदछु,´´ अध्यक्ष शेर्पाले भनेका छन् ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

Latest News

Happy Women's day

2022-03-08

Campaigns