•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np
गणेशमान सिंह
सुवर्ण शमशेर
वीपी कोइराला
कृष्णप्रसाद भट्टराई
गिरिजाप्रसाद कोइराला
सुशील कोइराला
गणेशमान सिंह
सुवर्ण शमशेर
वीपी कोइराला
कृष्णप्रसाद भट्टराई
गिरिजाप्रसाद कोइराला
सुशील कोइराला

शेरबहादुर देउवा

सभापति, नेपाली कांग्रेस

नेपाल देशको उन्नति अनि नेपाली जनताको समग्र प्रगति नेपाली कांग्रेसको मुल अभिष्ट हो l वीपी कोइरालाको विचार, कैयन सहिदको बलिदान, हजारौं योद्धाको समर्पण र लाखौं सदस्यको अनवरत यात्रा हाम्रो त्यही अभिष्टमा केन्द्रित र लक्ष्यित छ l

वीपी संगै सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले विभिन्न कालखण्डमा यो पार्टीको र समग्र देशको नेतृत्व गर्नुभयो l उहाँहरुको नेतृत्वमा मुलुकले हासिल गरेको राजनैतिक र आर्थिक उपलब्धिको जगमा हामीले नेपाल देशको समृद्धि र खुसी प्राप्तिको यात्रालाई अघि बढाउनु छ l

दुजा्ङ शेर्पा

अध्यक्ष, नेपाल बिद्यार्थी संघ

नेपाली राजनितिमा अग्रणी भूमिका खेलेको सुनौलो इतिहास बोकेको जिम्मेवार, संगठीत, शसक्त विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको एक शसक्त जुझारु बैचारिक र अत्यन्तै सक्रिय भातृ संस्था हो । यसलाई कांग्रेसको नर्सरीको रुपमा पनि चित्रित गरिन्छ । ने . वि संघले इतिहातका जुनसुकै कालखण्डमा जस्तै सुकै परिस्थीतिमा पनि कुशल नेतृत्व प्रदान गर्दै रचनात्मक र शसक्त भूमिका निर्वाह गरेको इतिहासमा दर्ज भएको कुरा सर्वविदितै छ । समयवदलिए सँगै राजनितिक परिवर्तन र त्यसका उपलब्धिहरुलाई रक्षा गर्न हाम्रो संगठनले अत्यत्तै जिम्मेवारी पूर्वक भूमिका निर्वाह गर्दै आएको छ । आजको परिवेशमा विद्यार्थी संगठनको भूमिका केबल राजनितिक परिवर्तनको लागि मात्रै नभै समय सापेक्ष शैक्षिक गतिविधिलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर क्रियाशिल रहेको छ । आजको आवश्यकता गुणस्तरीय प्राविधिक शिक्षा, व्यावहारिक शिक्षा, जिवनपयोगी शिक्षा, उत्पादन सँग जोड्न सक्ने शिक्षा रहेको छ । तसर्थ नेवि संघ सम्पूर्ण शैक्षिक संस्थालाई कसरी आफ्नो पाठ्यक्रम सोही अनुदय परिमार्जन गर्न सक्दछ भनेतिर बढी ध्यान केन्द्रीत गदैै आएको छ । र मेरो कार्यकालमा ने वि संघ पूर्ण रुपमा एकमात्र प्रविधी मैत्री, रचनात्मक, र अध्ययनशिल संगठनको रुपमा स्थापित हुनेछ । जसले विद्यार्थीलाई कति पनि विचलित हुन दिने छैन र आफ्नो भविष्यको तय आफै गर्नेछ ।

Upcoming campaigns

See all

Women’s Quick response team