•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

नेविसंघकाे आयाेजनामा अन्तर्रास्ट्रियस्तरकाे राेबाेवारमा पहिलाे दिन : ६ टिम विजयी

2024-01-28


काठमाडौं : नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित विश्वकर्मा ब्याटल अफ टाइटान्स टू, बिगेस्ट राेबाेवार इन नेपालमा पहिलाे दिन ६ समूह विजयी भएका छन् । काठमाडौंकाे रंगशालामा शुरू भएकाे प्रतिस्पर्धाकाे अर्थन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ट प्रतिबिम्बित गर्ने यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समुहले आफैले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एक आपसमा भिडाई उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गर्नु यस कार्यक्रमको मुल उद्देश्य रहेकाे छ ।

पहिलो दिनको प्रतियोगिता चरणमा भएको Xenon(Zorawar) vs Invensibles (Karan) टिममा विजयी हुन सफल टिम Xenon (Zorawar) रहेको र अन्य खेलहरू आयोजक समितिले प्रकाशित गरेको सुचना अनुरूप १४ र १५ गते सञ्चालन हुनेछन्।

नेपालमा आयाेजित याे सबैभन्दा ठुलाे धनराशी पुरस्कार भएकाे प्रतिस्पर्धा हाे । सिर्जना र आविस्कार, प्रविधिकाे प्रयाेग,मनाेरञ्जन कार्यक्रमकाे प्रथम दिन उद्घाटन समारोहमा शुभकामना दिदैँ अर्थमन्त्री प्रकाश शरण महतले सिर्जनशिल कार्यक्रमका लागि नेविसंघलाई धन्यवाद दिए । अध्यक्ष दुजाङ शेर्पाले याे प्रतिस्पर्धाले नेपनललाई अरू देशमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । राेबाेवारले युवा विद्यार्थीलाई सिर्जनशिलता र आविष्कारसँग जाेड्ने शेर्पाले बताए । अध्यक्ष शेर्पाले अबकाे ३/४ महिनाभित्र नेपालकाे सबैभन्दा ठुलाे स्टार्टअप फेस्ट पनि गर्ने प्रतिवद्दता जनाएकी छन् । ` अब हाम्राे दृष्टि नेपालमा इन्टर्नसिप,जब प्लेसमेन्ट र इन्टरप्रेनरसिपमा केन्द्रीत हुनेछ,´ शेर्पाले भने ।

नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट १८ दिन सहभागी छन् । प्रथम हुने समुहलाई साढे ३ लाख, द्वितीय हुनेलाई साढे १ लाख र अन्य समुहमा विजयी हुनेलाई १/१ लाख पुरस्कार राशी राखिएकाे छ । आज दाेस्राे दिन पनि दिउँसाे ३ बजेबाट राेबाेवार शुरू हुनेछ ।

Latest News

Happy Women's day

2022-03-08

Campaigns