•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

नेविसंघद्वारा आयोजित ‘नेपालका विश्वविद्यालयको रुपान्तरण’ विषयक कार्यशाला गोष्ठी सम्पन्न

2024-01-24

काठमाडौं, ९ माघ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघद्वारा आयोजित ‘नेपालका विश्वविद्यालयको रुपान्तरण’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

आज (मंगलबार) काठमाडौंमा आयोजित उक्त कार्यक्रममा कांग्रेस नेता पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालगायतको उपस्थिति रहेको थियो ।

कार्यशाला गोष्ठीमा अनुसन्धाता एवं समाजशास्त्री डा.लोकरञ्जन पराजुलीले त्रिभुवन विश्वविद्यालय टिचिङ युनिभर्सिटीको रुपमा विकास भएको बताए । २००७ सालको परिवर्तनपछि शिक्षाको क्षेत्रमा भएको विकास र तत्कालीन समयमा आवश्यक शिक्षक परिपूर्तिका लागि त्रिवी टिचिङ युनिभर्सिटीको रुपमा विकास भएको बताए ।

अहिले त्रिभुवन विश्वविद्यालयले अन्य विश्वविद्यालयलाई प्रतिस्पर्धी वा दुश्मनको रुपमा व्यबहार गरेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष शेर्पाले २०६२/०६३ सालको परिवर्तनपछि नेपालको शिक्षा क्षेत्र मोरल एजुकेशनदेखि लिएर पाठ्यक्रम विकासमा चुकेको बताए । नेपालको उच्च शिक्षा एकदमै महँगो भएको उनको भनाइ छ 


Latest News

Happy Women's day

2022-03-08

Campaigns