•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

त्रिभुवन विश्वविद्यालयभित्रकाे बेथितिकाे नेविसंघले भण्डाफाेर गर्ने

2079-02-26

काठमाडौं : नेेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयभित्रकाे बेथितिकाे भण्डाफाेर गर्ने भएकाे छ । भाेली ( शुक्रबार) उपकुलपतिकाे कार्यालय अगाडि कार्यक्रम गर्दै नेविसंघले विश्वविद्यालयमा भइरहेकाे एमालेकरण र शैक्षिक बेथितिकाे भण्डाफाेर गर्न लागेकाे हाे । संघका अध्यक्ष दुजाङ शेर्पाले भने, `त्रिभुवन विश्वविद्यालय सम्बन्धित सबै प्रश्नकाे उत्तर भोलि ३ बजे  उपकुलपति कार्यालय अगाडि दिइनेछ ।´´ नेविसंघले शैक्षिक सुधारकाे माग राख्दा नसुनेकाे भन्दै असन्तुष्टि जनाइरहेकाे छ । तर, उपकुलपतिसहित केही प्राध्यापक भिजिलान्ते र केही अन्य विद्यार्थी संगठनलाई खरिद गरेर नेविसंघ विरूद्द अफवाह फैलाउन उद्दत रहेकाे  भन्दै नेविसंघ विश्वविद्यालय समितिले आफूहरूलाई धम्क्याउने र तर्साउने प्रयास नगर्न चेतावनी दिँदै आएकाे छ ।

Latest News

Happy Women's day

2022-03-08

Campaigns