•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

नेविसंघले त्रिविको ताला खोल्ने, छानबिन समिति गठन गर्न माग

2079-02-27

त्रिवि पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ।

नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।

उक्त ताला खोल्ने निर्णय भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए।

‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,’ उनले भने।

ताला खोल्न अनेरास्ववियुले पनि माग गर्दै आएको थियो। त्रिवि पदाधिकारी भ्रष्टाचारमा संलग्न रहेको आरोपसहित नेविसंघले बर्खास्त गर्न माग गर्दै ताला लगाउँदै आएको थियो।


Latest News

Happy Women's day

2022-03-08

Campaigns